रौतहट, १९ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाको मेयरको सट्टामा नातामा पर्ने ज्वाईले माध्यमिक शिक्षा परीक्षा (एसईई) को जाँच दिईरहेको अवस्थामा जिल्ला परिक्षा अनुगमन समितिले आईतवार पक्राउ गरेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाका स्थानीय सरकार प्रमुख प्रेमलाल साह कानुले आफ्नो सट्टामा नक्कली व्यक्ति नातामा पर्ने ज्वाईलाई राखेर एसइइ परिक्षा दिदै गराएको अवस्थामा मौलापुर नगरपालिकाको श्री लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।
नेकपा एमालेबाट देवाही गोनाही नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका साह कानुले पथरा बुधराम माध्यमिक विद्यालयबाट परिक्षामा सहभागी भई उनको सट्टामा एसइए परिक्षा दिदै गरेका गरुडा ६ पोठियाहीका कमल साहलाई पक्राउ गरिएका छन् । मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया माविमा संचालन भइरहेको एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परिक्षा दिइरहेका साहलाई परिक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका साह मेयरका नातामा पर्ने ज्वाइ रहेको श्रोतले बतायो । ससुराका सट्टामा परिक्षा दिइरहेका उनी पेशाले इन्जीनियर रहेको ति श्रोतले बतायो ।
परिक्षा संचालन भएको अवस्थामा अनुगमन टोलीलाई विद्यार्थी प्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन । पक्राउ परेका नक्कली परिक्षार्थीको विषयमा भेरिफिकेशन भईरहेको तथा त्यस सम्बन्धमा गहन अनुसन्धान जारी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामविनय सिंहले शिक्षा ऐन अनुसार नक्कली परिक्षार्थीको हकमा ६ महिना कैद वा १ लाख जरिवाना तथा दुवै हुन सक्ने स्पष्ट पारे ।
को हुन् नक्कली परिक्षार्थी कमल साह ?

रेडियो नेपाल बर्दिवास महोत्तरीमा पाँचौ तहमा कार्यरत रहेका कमल साह ससुराको सट्टामा आईतवार दोश्रो दिन अनिवार्य गणितको परिक्षा दिइरहेको अवस्थामा पक्राउ परेको बुझिएको छ । रेडियो नेपाल बर्दिवास महोत्तरीका कार्यालय प्रमुख अनुज मेहताले यस कार्यालयमा पाँचौं तहको कर्मचारी रहेको जानकारी दिए । विदामा थियो कि भने प्रश्नको जवाफमा उनले केही भन्न सकेनन् ।
प्रजिअ मिश्रको धारणा
पक्राउ परेका नक्कली परिक्षार्थी कमल साहको सन्दर्भमा गहन अनुसन्धान भईरहेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रेमलाल साह को हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली परिक्षार्थी साह विरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ को १ क बमोजिम जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।
मेयर प्रेमलाल साह कानुको प्रतिक्रिया
यस विषयमा देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह कानुको नम्वर ९८४५१२१८७९ मा सम्पर्क गर्दा उहाँ फोन रिसिभ गर्नु भएन ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन