zoom free download filehippo zoom meeting download windows 10 pc 64 bits download zoom software for windows 10 zoom connection issues on pc - zoom connection issues on pc zoom meetings download app zoom cloud meeting app free download for pc

२८ संक्रमित, तिनको निधन

   ६ जेष्ठ २०७८, बिहीबार १६:११  

तराई टप संवाददाता
रौतहट, ६ जेठ । पछिल्लो २४ घण्टामा रौतहट जिल्लामा २८ जना कोरोना संक्रमित भए भने तिन जनाको निधन भएको छ ।
गौर अस्पतालमा विहिबार गरिएको पिसिआर परिक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो । १४८ जनाको विहिबार कोरोना परिक्षण गरिएको थियो । जसमा १४६ जनाको पिसिआर परिक्षणमा २६ जना र २ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण हुदा २ जनामा कोरोना पुष्टि भएसँगै आज २८ जनामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावलले जानकारी दिए ।
विहिबार कोरोना संक्रमितहरुमध्ये गौरमा २ जना र १ जनाको अन्य जिल्लामा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६४ पुगेको छ । पछिल्लो समय रौतहटमा ८६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १२८ जना निको भएर घर फर्किसकेको र ६४ जनामध्ये ३८ जनाको मृत्यु रौतहटमा नै भएको प्रजिअ यादवले भने ।
यसैगरी विहिबार सम्ममा रौतहटमा ६९८ जना सक्रिय संक्रमितहरु रहेका छन । रौतहटका ६६८ जना होम आइसोलेसनमा रहेको, २६ जनाको सामान्य उपचार गराइ रहेको र ४ जना रौतहट जिल्ला बाहिर रहेको जानकारी उनले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै