रौतहट, २० चैत । रौतहट सदरमुकाम गौर स्थित रहेको प्रादेशिक अस्पतालमा उपचार गराउन आउने विरामीहरुले टिकट लिदा तिरेको शुल्क व्यवस्थापन समितिको अध्यक्ष र कर्मचारी मिलेर करिव १७ लाख रुपैया हिनामिना गरेको रहस्य सार्वजनिक भएका छन् ।
गौर प्रादेशिक अस्पतालमा उपचार गराउन आउने विरामीहरुले विभिन्न सेवा वापत तिरेको करिव १६ लाख ८९ हजार ६४८ रुपैया अस्पताल विकास समितिका अध्यक्ष र कर्मचारीहरुको मिलोमतोमा हिनामिना भएको रहस्य सार्वजनिक भएका हुन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामीबाट रगत परीक्षण, एक्सरे, भिडियो एक्सरे, घाउ जाँच फारम लगायत जाँचमा लाग्ने शुल्क अस्पतालका अहेब प्रमोद यादव, रामनारायण सहनी र करारका कर्मचारी असलम अन्सारीले मिलेर हिनामिना गरेको आरोप लागेको छ ।
यादवले बिरामीबाट २०७९ मसिर १३ गतेदेखि फागुन १५ गतेसम्म चार महिनाको ७ लाख बुझे उक्त रकममध्ये ४ लाख ५८ हजार ५ सय बैंकमा दाखिला गरेका छन् । बाँकी २ लाख ४१ हजार ५ सय रुपैयाँ अस्पताल विकास समितिको खातामा जम्मा गरिएको छैन् । त्यस्तै, करारका कर्मचारी अन्सारीले सोही समयमा बिरामीबाट लिएको ८ लाख ६५ हजार १ सय ४३ रुपैयाँमध्ये २ लाख ३२ हजार ४ सय ५५ रुपैयाँ मात्र बैंक खातामा जम्मा गरेका छन् । बाँकीको ६ लाख ३३ हजार आफैं संग राखेको आरोप लागेको छ ।
यसैगरी अर्का कर्मचारी सहनीले गत साउन देखि फागुन १५ गते सम्ममा ३०९५० रुपैया पनि बैंक दाखिला गरेको छैनन् ।
उक्त रकम अस्पताल विकास समितिको खातामा जम्मा नभएको जानकारी पाएलगत्तै जनस्वास्थ्य अधिकृत राजेशकुमार सिंहले यादव, सहनी र अन्सारीलाई रकम जम्मा गर्न निर्देशन दिएका थिए । तर, त्यो रकम अझै उनीहरूसँगै रहेको छ ।
सिहका अनुसार तीनै जनाले अस्पतालमा आउने बिरामीबाट मंसिरयता फागुन १५ गतेसम्म २३ लाख ४९ हजार ६ सय ५२ रुपैयाँमध्ये १६ लाख ५८ हजार ६ सय ९७ रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
समितिको खातामा दैनिक रकम जम्मा गर्नुपर्नेमा त्यसो किन नगरेको भनेर जनस्वाथ्य अधिकृत सिंहले त्यस सम्बध कर्मचारी संग सोधपुछ गरेका थिए । दुवैले समितिका अध्यक्ष अनवर हासमीले सबै रकम लिएर गएको बताए । अहेव यादवले अस्पतालमा आउने बिरामीबाट उठेको रकममध्ये ४ लाख ४० हजार अध्यक्ष हासमीले जबर्जस्ती मागेर लगेको भने । ‘दबाब दिएर अस्पतालको रकम लिएर जानुभयो,’ उनले भने, ‘मैले भर्पाइ गराएर मात्र पैसा दिएको छु । यसमा मेरो केही गल्ती छैन । अध्यक्ष आफैंले बैंकमा रकम जम्मा गर्ने भनेर लगेका हुन् । केही रकम मेरो जिम्मामा छ, त्यो छिट्टै खातामा जम्मा गरिदिन्छ ।’ यादव र अन्सारीलाई अस्पताल विकास समितिले नगद काउन्टरको जिम्मेवारी दिएको थियो ।
यस बिषयमा प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अनवर हास्मीले बैंक दाखिला नगरेर ति कर्मचारीहरुले राखेको रकम मध्ये ८० प्रतिशत रकम बैंक दाखिला भईसकेको जानकारी दिदै २० प्रतिशत बाँकी रहेको रकम दुई÷तिन दिनमा दाखिला भईसक्ने बताए । रकम हिनामिनामा तपाईको पनि संलग्नता छ नी ? भने प्रश्नको जवाफमा मैले कुनै रकम हिनामिना नगरेको, केही सामानहरु खरिद भएका थिए त्यसैमा खर्च भएको विलभर्पाईहरु सवै लेखामा पेश भइसकेको स्पष्ट पारे । आफू अस्पताल सुधार गर्न आएका छौं न की विगार्न आएको छु, यस अस्पताललाई राम्रो र चिकित्सामय अस्पताल बनाउने तर्फ आफू पूर्ण प्रतिबद्ध रहेको दाबी गरे ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अस्पतालको रकम हिनामिनाबारे आफूले जानकारी पाएको बताए । कर्मचारीबाट रकम असुलेर कारबाही गर्न भनेको उनले भने । ‘अस्पतालको कर्मचारी होस् वा जोसुकै गलत गरेको छ भने कारबाहीको भागी बन्नु पर्ने स्पष्ट पारे ।’
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन