नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने

   २० चैत्र २०७९, सोमबार १३:०५  

काठमाडौँ, २० चैत । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
६ वर्षको अबधिमा भएको विकास ऋणपत्र २०८५ मंगलबार बिक्री हुने भएको हो । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्ती संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई ऋणपत्र खरिदका लागि आहवान गरेका छन् ।
सूचना अनुसार कूल रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धामा र १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ विनाप्रतिस्र्धामा बिक्री हुनेछ ।
खरिदकर्ताहरूले घटीमा ५० हजार रुपैयाँ देखि बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष माग जाने अंकसम्मका लागि आवेदन दिन सक्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै