तराई टप संवाददाता
रौतहट, ६ जेठ । कोरोना संक्रमण दर विस्तारै घट्दै गएपनि तेश्रो पटक शक्रुवार राति १२ बजे देखि निषेधाज्ञाको अवधी एक साताको लागि थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा विहिवार जारी गरिएको विज्ञप्तीमा कोरोनाको संक्रमण दर उच्च रहेपछि निषधाज्ञा जारी गरिएपछि त्यसमा सुधार आईरहदा पूर्ण रुपमा नियन्त्रण गर्ने हेतु भोली शुक्रवार मध्य राति देखि एक साताको लागि निषेधाज्ञाको समय थप गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जेठ १३ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय गौरमा बुधवार सम्पन्न बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा गरिएको जानकारी दिनु भयो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।