रौतहट, २० चैत । मौलापुर नगरपालिकाको श्री लक्ष्मिनिया मावी परिक्षा केन्द्रबाट मेयरलाई एसइइ परिक्षा पास गराउन केन्द्राध्यक्ष देखि लिएर निरीक्षक सम्मको सेटिंग भएको रहस्य बाहिरिएका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुलाई माध्यमिक विद्यालय शिक्षा परिक्षा (एसइइ) उतिर्ण गराउन परिक्षाकेन्द्रले पहिले देखिनै योजनाबद्ध रुपमा सेटिंग गरेको रहस्य बाहिरिएका हुन् ।
नगरप्रमुख कानुलाई एसइइ पास गराउन सोही पालिकाको पथरा बुधराम गाउँमा रहेका माध्यमिक विद्यालय पथराबाट परिक्षाको फर्म भरिएको थियो । मेयरलाई उतिर्ण गराउन परिक्षाका केन्द्राध्यक्ष तेजनारायण साह देखि लिएर निरिक्षक सम्मले जिम्मेवारी लिएको अनुसन्धानमा संलग्न एकजना कर्मचारीले बताए ।
मौलापुर नगरपालिकाको श्री लक्ष्मीनिया मावि परिक्षाकेन्द्रका केन्द्राध्यक्ष तेजनारायण साहलाई नक्कली परिक्षार्थीका बारेमा पहिल्यै अवगत रहेको थियो तर सेटिंगको आधारमा नक्कलीलाई सक्कली बनाउने खेललाई जिल्ला परिक्षा अनुगमन समितिले विफल पारिदिएका छन् ।
एसइइ परिक्षामा नियमित तर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थीको सट्टामा अर्कै व्यक्तिले परिक्षा दिइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट प्रशासकीय अधिकृत मणिभूषण साहको नेतृत्वमा रहेका परिक्षा अनुगमन टोली उक्त केन्द्रमा पुगेर नक्कली परिक्षार्थी कमल साहलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।
अनुगमन टोलीले नक्कली परिक्षार्थी पक्राउ गर्दा उनले मेयरको सट्टा परिक्षा दिइरहेको जानकारी भने टोलीलाई थिएन । मेयरका ज्वाई नक्कली परिक्षार्थीको रुपमा भेटिए पछि अनुगमन टोलीले निजलाई प्रहरीको जिम्मा लगाउदै जिल्ला प्रशासन कार्यालयमा उपस्थीत गराउन निर्देशन दिएको थियो ।
पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास सबस्टेशनमा पाँचौ तहमा कार्यरत स्थायी प्राविधिक कर्मचारी हुन । “परिक्षाकेन्द्रमा केन्द्राध्यक्ष र निरिक्षकहरुको मिलेमतो नभएर यस्ता घटना हुनै सक्दैन ।” प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भने । “रौतहट जिल्लाको शैक्षिक स्तरलाई सुदृढ पार्न जमर्को लिएका प्रजिअ मिश्रले परिक्षालाई मर्यादित, शान्तिपूर्ण बनाउन खटिएका कतिपय केन्द्राध्यक्षहरुकै मिलेमतोमा परिक्षाको स्तर बिगे्रकोमा दुख व्यक्त गरे ।”
केन्द्राध्यक्षहरुले विद्यार्थीको उतरपुस्तीकामा हस्तारक्षर गर्न जादा प्रवेशपत्र, सिम्बोल नम्बर, प्रवेश पत्रमा रहेका तस्वीरको आधारमा परिक्षार्थी हो की होइन सबै हेर्नुपर्नेमा उनीहरुले त्यस्तो नगरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।
रौतहटको लक्ष्मीनिया माविमा देखिएको बेथितिका बारेमा आफुहरु गम्भीर भएको र सो केन्द्रका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रवेश पत्रमा टासिएको फोटो, मेयरको नाम, उनको बुवा र आमाको नाम सबैबाट नक्कली परिक्षार्थी राख्ने व्यक्ति मेयर प्रेमलाल साह कानुनै भएको स्पष्ट देखिन्छ तर प्रशासन यसबारेमा तत्कालै बोल्न चाहदैन ।
पक्राउ परेका इन्जीनियर साहलाई पाँच दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी विरबहादुर बढाले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन