सन्तान पढाउने आमाहरु

109 Shares

धर्मेन्द्रकुमार साह
पुजा कुमारी माझिको बुवा रुपलाल माझि करिब एक दशक अगाडि काम गर्ने सिलाशिलामा भारतको केरला पुगे तर काम गर्न गएका उनि त्याहा बाट भन्ने फर्केनन् । घरमा उनको आमा आफ्ना तिन जना सन्तानहरु सहित गाउमा बेसहारा भएर बसे । श्रीमान सम्पर्क बिहिन भए पछि कष्टकर गृहस्थ जीवन बाच्न थालेकी निर्मला ( पुजाको आमा ) को मुहारमा हाल भन्ने खुसियाली आएको छ ४१ बर्षीय निर्मला माझि अहिले निकै व्यस्त छिन । उनि प्रत्येक बिहानी तरकारीहरु मिलाउछिन अनि दिउसो पछि आसपासको हाट बजारमा जानछिन । उनि घरबाट पनि तरकारी बेच्ने गर्छिन । पुजा भने स्थानिय आधारभूत बिधालयमा कक्षा ६ मा अध्यन गर्छिन ।
रौतहटको गुजारा नगरपालिका वार्ड नम्बर १ मनहर्वा बस्ने १४ वर्षीया पुजाले यसै वर्ष पहिलोपटक साइकल चढ्न पाइन् । साइकलमा सरर कुद्न थालेपछि पुजालाई खुल्ला आकाशमा उडे जस्तो लाग्यो । साइकल चढ्नु मात्र हैन, घरभन्दा टाढा विद्यालय जान पाउनु पनि उनका लागि नौलो थियो । पुजाका अरु साथीहरु पनि साइकल चढि बिधालय जान्छन । पुजाको बिद्यालय उसको घर भन्दा करिब २ किलो मिटर टाढा छ । बिद्यालय टाढा भएकोले सहजताको लागि उनकी आमा निर्मलाले साइकिल किनिदिएकि बताउछिन । निर्मला भन्छिन “छोरीको पढाइको लागि साइकिल किनेकी छु । त्यहि साइकिलले तरकारी पनि ओसार पसार गर्छु । पूजाले पनि सहयोग गर्ने गरेको छ । तर मैले उसको पढाइलाई महत्व दिएको छु । आम्दानीको धेरै स्रोत त् छैन तर मैले चलाएको तरकारी ब्यबसाय यसै गरि अगाडि बढ्ने हो भन्ने भविष्यमा दुख हुने छैन । अहिले दिनको ३ हजार सम्मको ब्यापार हुने गरेको र सो व्यापारबाट दैनिक १ हजार सम्म आम्दानि हुने गरेको छ ।“


पुजाको सपना भन्ने फरक छ । उनि नर्स बन्न चाहन्छिन । आमालाई ब्यापारमा सहयोग गर्दै उनि पढाइलाई निरन्तरता दिने बताउछिन । पुजा भन्छिन “नर्स बन्ने इच्छा छ । मेरो लागि यो गाह्रो बाटो त् हो तर आमाको सहयोग पाए पछि बिस्वस्त छु । घरमा आमाले आत्म्बिस्वास बढाउने काम गरेकी छिन् । मुसहर समुदायका केटीहरुको लागि बिधालय शिक्षा सहज छैन ।”
निर्मलाले आफ्ना संघर्षका कथाहरु पनि सुनाउछिन । उनि करिब १२ बर्ष अघि कमाउन भनि भारतको केरला गएको श्रीमान फर्केर नआउदा परिवार माथि संकटमा परेको बताउछिन । उनि कयौ रात भोकै सुतेको स्मरण गर्दै भावुक बन्छिन । साना साना ३ जना सन्तानको भार एक्लो कनढामा उठाउन निकै कठिन भएको बताउदै उनले भनिन “एक्लै महिला ,सम्पतिको नाममा केहि छैन । बाहिर काम पनि नपाइने, पाइएको काम गर्न जादा घरमा साना साना बच्चाहरुलाइ समस्या । कयौ राति खाना पाइएन । बच्चाहरु अलि ठुलो भए पछि भन्ने कामहरु गर्न थाले । तर आम्दानि पर्याप्त थिएन । आम्दानीले परिवार चलाउन कष्टकर थिए । छोरीलाई बिधालयमा नाम त् लेखाए तर सधै नियमित बिद्यालय पठाउन सकिन । पछिल्लो समयमा मैले राम्रो आम्दानि गर्न थालेको छु । यसले मेरो परिवार चलाउन पनि सहज भएको छ ।”
इन्दु देवीले पसल संचालन गर्नु हुन्छ । उनि सोहि पसलबाट आएको आम्दानीले छोरा दिपेश कुमार साहलाई बिधालय पढाउछिन । श्रीमानको मृत्यु पश्चात सानो पसल संचालन गरेकी इन्दुले बाल संरक्षण परियोजनाबाट पाएको सहयोगले पसलको आकार बढाउनु भएको हो । उनि भन्छिन “छोरालाई पढाउन पसलले ठुलो सहयोग गरेको छ । पहिले आम्दानि नहुदा घर खर्च धान्न पनि समस्या थियो । त्यस्तो अवस्थामा छोरालाई पढाउन सम्भव पनि थिएन । तर परियोजनाबाट प्राप्त सहयोग पछि पसल पनि ठुलो भएको छ । आम्दानि बढेको छ ।” अहिले इन्दुको पसलमा दैनिक २ हजार सम्मको बिक्रि हुने गरेको छ । इन्दु भन्छिन “ दिनको ५० रुपैया देखि सुरु गरेको बचत अहिले ५०० सम्म पुर्याएको छु । छोरा हास्दै बिधालय गएको देख्दा खुसि लाग्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।