सुनको मुल्य तोलामा ६ सय घटे

काठमाडौं, २० चैत । सोमबार सुनको मुल्य तोलामा ६ सय घटेको र चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६ सय र तेजावी सुनको मूल्य तोलामा १ लाख ८ हजार १ सयमा कारोबार भएको थियो ।
आज छापावल सुनको मूल्य तोलामा १ लाख ८ हजार र तेजावी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५ सय कायम भएको हो ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घढेर १ हजार ३ सय ९० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय १० रुपैयाँ कारोबार भएको थियो ।