download zoom on laptop microsoft download zoom please download zoom hp download zoom di laptop download app for zoom download desktop zoom zoom free app zoom us download windows 10

सामान्य कुरालाई लिएर स्थानीय र प्रहरी विच झड्प

   ८ जेष्ठ २०७८, शनिबार १३:२१  

 

तराई टप संवाददाता
रौतहट, ८ जेठ । प्रहरी ज्यादतीको पराकाठ्ठा नाघेपछि स्थानीय बासिन्दाहरु प्रतिबादमा उत्रिएपछि २ घण्टा सम्म अवस्था तनावपूर्ण बने ।
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ स्थित गौर जाने बाटोमा इलाका प्रहरी कार्यालय गंगापिपराका प्रहरी नायव निरीक्षक खड्ग बहादु खड्का र चालक सुनिल पटेलले उक्त बाटो भएर गौर तर्फ गईरहेका दुर्गा भगवती ३ का युवक रघुनन्दन झा संग सामान्य बादविवाद हुने वित्तिकै प्रहरीले लौरो प्रहार गर्न थालेपछि घटना ठूलो रुप लिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।
मोटरसाइकलमा बसेका युवक झालाई सई खड्का र चालक यादवले अनगन्ति लौरो प्रहार गरेपछि मोटरसाइकल छाडेर भाग्न लाग्दा समेत समातेर कुटपिट गरिरहेको देखेर स्थानीय बासिन्दाहरु भेला भएर प्रहरी माथि हातपात गरिएको बताइएको छ ।


प्रहरी माथि भएको हातपातको क्रममा वर्दी च्यातिएको, संचार सेट फुटेका थिए । प्रहरी र स्थानीय विच भएको तनावलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप मद्दतमा प्रहरीहरु आएपछि करिव दुई घण्टा सम्म भएको तनावपूर्ण अवस्थामा साम्य भएको थियो । प्रहरीको कुटपिटबाट घाईते भएका रघुनन्दन झा प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरामा उपचार गराउन जाँदा चिकित्सकले हात खुटा भाँचिएको र किडनीको समस्या रहेको भन्दै अन्यत्र रेफर गरे ।

रेफर गरेको आरोपमा प्राथमिक स्वास्थ्य केन्द्रको डा. लाई प्रहरीले नियन्त्रणमा लिए

प्रहरीको कुटपिटबाट घाइते भएका झाको कसरी हात खुटा भाँचियो भने चिकित्सक संग प्रहरीले प्रश्न गर्दा हामीले रेफर गरेका छौं अरु कुरा जान्दिनौ भनेपछि प्रहरीले चिकित्सक संजिव साहलाई नियन्त्रण लिई गौर गएको विषयलाई लिएर स्वास्थ्यकर्मीहरुले विज्ञप्ती निकालेर स्वास्थ्य सेवा अवरुद्ध बनाए ।
यसैगरी विभिन्न स्वास्थ्य संघसंगठनहरु विज्ञप्ती निकालेर प्रहरी ज्यादती एवं अपहरण शैलीमा आइसोलेसन इन्चार्ज डा. साहलाई अपहरण गर्नु प्रहरी कार्यको निन्दा गर्दै विना शर्त डा. साहलाई रिहाई गरेर एसपी र सिडिओ माफी नमागे सम्म कामकाजमा नफर्किने चेतावनी दिए ।
शनिवार विहानको भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गौरमा गाउँपालिका अध्यक्ष अरुण साह र प्रहरी विच भएको सहमती अनुसार पक्राउ परेका दुई जना नागरिक र चिकित्सकलाई विना सर्त १२.१५ बजेको समयमा प्रहरीको नियन्त्रण मुक्त गराइएको बताए ।

सानो विषयलाई अति रंजित बनाइयो ः रौतहट प्रहरीका एसपी शाह

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहले सामान्य कुरालाई लिएर भएको विवादलाई अतिरंजित बनाइएकोमा दुख व्यक्त गर्दै हातखुटा नै नभाँचेको तर त्यसलाई हात खुटा भाँचेको भनेर अन्तै रेफर गरेको कार्य वदनियतपूर्ण रहेको देखियो । यदी त्यस्तो छ भने गौर अस्पतालमा डा. साहव हिड्नुस भन्दा नमानेपछि निजलाई आवश्यक सोधपुछ गर्न ल्याइएको न कि पक्राउ गरिएको उलने स्पष्ट पारे । सानो घटनालाई ठूलो बनाएर प्रहरीलाई बदनाम गर्ने षड्यन्त्रको प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको तथा चालक सुनिल पटेललाई जिल्लामा तानिसकेको जानकारी उनले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै