नवलपरासीमा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गरे

   २० चैत्र २०७९, सोमबार १५:२०  

नवलपरासी, २० चैत । नवलपरासीको कावासोती नगरपालिका वडा नं. ७ मा मिश्रा पराजुलीले व्यावसायिक स्ट्राबेरी खेती सुरु गरेको छ ।
उनले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको हो । यस क्षेत्रमै पहिलो पटक २ लाखको लगानीमा व्यावसायिक रुपमा स्ट्रबेरी खेती सुरु गरिएको बताए ।
लाष्टिक टनेलमा मल्चिङ प्रविधिको प्रयोग गरी सिँचाइ सुविधा पु¥याउनका लागि थोपा सिँचाइको समेत व्यवस्था गरिएको छ’, उनले भने, ‘चार महिनाअघि प्लाष्टिक टनेलमा रोपिएको स्ट्रबेरीले फल दिन सुरु गरेको छ ।’
२ कट्ठा क्षेत्रफलमा लगाइएको स्ट्रबेरीको उत्पादनबाट सन्तोषजनक आम्दानी पनि हुन थलोको छ । अहिले सम्म २ लाख आम्दानी भइसकेको र अझै स्ट्रबेरी बिक्री गर्न बाँकी रहेकाले आगामी दिनमा क्षेत्रफल विस्तार गरी उत्पादन बढाउनका लागि काम अगाडि बढाइएको पराजुलीको भनाइ छ ।
एउटै बोटमा १केजी सम्म स्ट्रबेरी फल्ने गरेको आफ्नो घर परिवारसँगै एक जनालाई रोजगार समेत दिएको पराजुली बताउँ छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै