96
Shares
गुल्मी, २१ चैत । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
गाउँपालिकाले ५५ वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तावापत मासिक १ हजार भत्ता दिने निर्णय गरेको हो । गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
पालिकाले वार्षिक नीति तथा कार्यक्रम बमोजिम एकल पुरुषलाई सामाजिक सुरक्षाको भत्ता दिने निर्णय गरेको थियो ।
राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने तर पुरुषलाई विभेद गरेकाले गाउँपालिकाले पुरुषलाई पनि भत्ता दिन थालेको उपाध्यक्ष कुँवलरे बताइन् ।
पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन