सशस्त्र वन रक्षक टोली र सिकारी विच दोहोरो झड्प, एक सिकारी पक्राउ
तराई टप संवाददाता
रौतहट, ८ जेठ । सशस्त्र वन रक्षकको गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ ।
रौतहटको भोेलनटार जंगलमा भएको दोहोरो झडपको क्रममा एक सिकारी पक्राउ परेको हो । जंगली जनावर मार्न वन क्षेत्रमा शिकारीहरु प्रवेश गरेको खवर पाउना साथ डिभिजन वन कार्यालयबाट सशस्त्र वनरक्षक सहितको गस्ती टोली भोलनटारको जंगल तिर जाने क्रममा सिकारी समूहबीच दोहोर झडप भएका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ३ भोलन्टार स्थित वनमा दोहोरी झडप भएको डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवले बताए । वन गस्ती टोलीसँग झडप भएपछि ८ जनाको संख्यामा रहेको सिकारीको समूह तितरबितर भएर फरार भएको वन अधिकृत यादवले जानकारी दिए ।
झडपको क्रममा भाग्दै गर्दा चन्द्रपुर ३ का सीताराम स्याङतानलाई पक्राउ गरेको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।