76
Shares
चेन्नई, २१ चैत । इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले पहिलो जीत हात पारेको छ ।
सोमबार राति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्टसलाई १२ रनले पराजित गरेको हो ।
चेन्नईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५ रन मात्र बनाउन सक्यो ।
काइल मायर्सले ५३ तथा निकोलास पुरनले ३२ रन बनाए पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् । प्लेयर अफ द म्याच घोषित मोइन अलीले ४ विकेट लिँदै लखनउलाई रोक्न ठुलो भूमिका खेले । तुसार देशपाण्डेले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन