zoom pc download fre zoom dashboard download zoom client for meetings install for all users zoom cloud meeting join download - zoom cloud meeting join download download zoom cloud meeting app windows zoominfo stock forecast - zoominfo stock forecast

बारम्वार संविधान माथि आक्रमण गर्ने प्रधामन्त्री र राष्ट्रपतिको जसपाद्धारा पुतला दहन

   ८ जेष्ठ २०७८, शनिबार १९:३६  

तराई टप संवाददाता
रौतहट, ८ जेठ । जनता समाजवादी पार्टीले रौतहटको गरुडा बजारमा शनिवार साँझ राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको छ ।
पटक पटक संविधान माथि साँघातिक रुपमा आक्रमण गरेर घाईते बनाउने कार्य संविधानको रक्षकद्धय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहदा अव नेपाली जनताहरु टुलु टुलु मुकदर्शक भएर बस्न सक्ने हुँदा विरोध स्वरुप आज गरुडा नगरपालिकाको मेथुर चोकमा दुवै जनाको जसपा नेपालद्धारा पुतला जलाइएको हो ।


जसपा नेपालको जिल्ला इन्चार्ज वृजकिशोर यादवको नेतृत्वमा आएका कार्यकर्ताहरु राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्का नाराबाजी गर्दै पुतला जलाएर दाह संस्कार गरेका छन् । पुतला जलाएपश्चात सम्बोधन गर्दै जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज एवं प्रदेश २ को सदस्य समेत रहनुभएका यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक यो संविधान माथि आक्रमण गरिरहेको त्यसमा साक्षीको भुमिका राष्ट्रपतिद्धारा निर्वाह गरिएकोमा लोकतान्त्रिक संघिय गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र दुवै मिलेर रचेकोमा त्यसलाई पर्दाफास गरेर जनताहरु अघि बढ्ने चेतावनी दिए ।
नेता यादवले २०४७ साल अघिको नेपाल होइन २०७८ सालको नेपालमा धेरै परिवर्तन हेरिसकेको हुँदा संघिय लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण गर्नेहरुलाई अब खैयर छैन होस गरे हुन्छ भने जस्ता कडा शब्दमा प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध प्रस्तुत भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै