काठमाडौं । संविधान सभा सदस्य विपी यादवले नेपालमा चिनियाँ विस्तारवादको चलखेल नरोकिए सम्म विकासको कल्पना गर्न नसकिने बताए ।
हालै उनले काठमाडौंमा राष्ट्रिय एकता अभियानले आयोजना गरेको ’नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचार–गोष्ठीलाई सम्बोधन गर्दै चीनको पछिल्लो समयमा नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइ षड्यन्त्रमा सक्रिय रहेको टिप्पणी गरे ।
यादवले कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावास मार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने लगायतको काम गरिरहेको आरोप लगाए ।
उनले चीनको विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने दोहर्याए ।
गोष्ठीमा सहभागी विश्लेषक बुद्ध छिरिंग लामाले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको गम्भीर आरोप लगाए ।
’चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ, चीनद्धारा पोखरामा निर्माण गरिएका विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ ।’
त्यसैगरी वरिष्ठ अधिवक्ता अवधेश सिंहले चीनको विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जोड दिए । चीनले बीआरआर्इ मार्फत नेपाललाई ऋण को जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको आरोप लगाए । विस्तारवादी चीनलाई नेपालमा चलखेलबाट राक्न सकिएमा मात्रै नेपालमा विकासको लहर आउने नत्र सम्भव नहुने वक्ताहरुको धारणा थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन