रौतहट, २२ चैत । अन्तरराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी) क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा अमेरिका पुगेका छन् ।
रोमाञ्चक खेलमा अमेरिकाले जर्सीमाथि जित हासिल गर्दै क्रिकेट विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान पक्का गरेका हुन् ।
अमेरिकासँगै हेड–टू–हेड रेकर्डको आधारमा युएई पनि विश्वकप छनोटमा पुगेको बताइएको छ । यता पपुवा न्युगिनी र जर्सीलाई पछि पार्दै प्रतियोगिताबाट युएई र क्यानडाले एकदिवसीय मान्यता प्राप्त गरेका छन् ।
नामिबियामा जारी प्रतियोगितामा घरेलु टिम नामिबियासँगै अमेरिका, युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिका सबै पाँच खेल खेल्दा ८ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा नामिबियाको ५ खेलबाट ६ अंक छ । चार खेल खेलेको युएई ६ अंक जोड्दै तेस्रो स्थानमा छ । हेड टु हेडमा नामिबियालाई पछि पार्दै युएई विश्वकप छनोटमा पुगेका छन् ।
चौथो स्थानको क्यानडाको ४ खेलबाट ४ अंक र पाँचौ स्थानको जर्सीको २ अंक छ । आजको खेलमा जित हात पारे पनि जर्सीले क्याडनालाई हेड टु हेडमा पछि पार्न सक्नेछैन । जसका कारण क्यानडाले एकदिवसीय मन्यता प्राप्त गरेको छ । पुछारको पपुवा न्युगिनीले चारै खेलमा हार बेहोरिसकेको छ भने एकदिवसीय मान्यता पनि गुमाएको छ ।
प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधान अनुसार अमेरिका र युएईले विश्वकप छनोटमा स्थान पक्का गरेका हुन् ।
विश्वकप छनोट आगामी जुलाईमा जिम्बावेमा हुँदैछ । विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन् । विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ । जहाँ नेपाल सहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड, ओमान, अमेरिका र युएई गरी ९ टिमले खेल्ने पक्का भइसकेको छ ।
छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी १ टिमको टुंगो लाग्न बाँकी छ । सुपर लिगबाट एक टिम विश्वकप छनोटमा पुग्न बाँकी छ । एजेन्सी ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन