चन्द्रपुर (रौतहट), २२ चैत । प्रेस सेन्टर नेपालको तेश्रो बार्षिक साधारण सभा रौतहटको चन्द्रपुरमा बुधवार सम्पन्न भएको छ ।
आज सम्पन्न भएको तेश्रो साधारण सभाबाट अध्यक्ष पदमा दिल्ली बहादुर कार्की (सुब्बा), उपाअध्यक्षमा ध्रुब घिमिरे, समावेशी उपाध्यक्षमा ममता कुमारी यादव, सचीवमा रमेशकुमार यादव, सह सचीवमा पवनकुमार गुप्ता चयन गरिएको हो ।
यस्तै सदस्यहरुमा बिजय शाह, मंजू ठाकुर, राजेन्द्र कुवँर, दिनेश थापा र छेदी सहनीलाई सर्वसहमतीबाट चयन गरिएको बताइएको छ ।
साधारण सभालाई नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका साँसद युवराज भटराई (समीर) ले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा संबिधान सभा सदस्य देबेन्द्रे पटेल, नेपाल पत्रकार महासंघको केंद्रीय सदस्य शिव पूरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य संजय कार्की, संचारकर्मी गौतम श्रेष्ठ सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उक्त साधारण सभाको अध्यक्षता डिल्लीबहादुर कार्कीले गरेका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन