श्याम गुप्ता
बारा, २२ चैत । कलश सहितकाे शोभा यात्रा निकालेर बाराकाे जीतपुर स्थित बंगाली बाबा आश्रममा बुधावार देखि चार दिन सम्मका लागि २४ कुण्डीय गायत्री महायज्ञ सुरू गरिएको छ ।
जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरकाे केराढाेका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारकाे तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञकाे आयाेजना गरिएको हाे ।
महायज्ञकाे पहिलाे दिन हजाराैंकाे संख्यामा यज्ञ स्थलबाट सुरू गरिएको शाेभायात्रा सहिँत कलश यात्राले नगर परिक्रमा गर्दै वडा नं.५ स्थित दुधाैराे खाेलाबाट जल भरेर पुनः यज्ञ स्थलमा फर्किएर महायज्ञमा परिणत भएको जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी साह साेनारले बताए ।
साे अवसरमा मधेश प्रदेश बारा क्षेत्र नम्बर चार (१) का बाधायक देवनारायण चाैधरीले यज्ञकाे पहिलाे दिन दिप प्रज्वलित गरि महायज्ञकाे शुभारम्भ गरेका थिए ।
साे अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पाैडेल, वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता, भद्रभलादमी, समाजसेवी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत श्रद्धालु बिभिन्न राजनितिक दलका नेता कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।
बिहिवार देखि चैत्र २५ गते शनिवार सम्म बिहान ७ देखि ११ बजे सम्म गायत्री हवन गरिने र प्रत्येक दिन बेलुकी ५ बजेकाे संध्या आरती पश्चात राती ९ बजे सम्म हरिद्वारका आचार्यकाे मुखारविन्दबाट संगीतमय प्रवचन गरिने आयाेजकका अध्यक्ष साेनारले जानकारी दिएका छन् ।
२४ कुण्डीय वेदमाता गायत्री महायज्ञकाे हवनका लागि २४ जना दाम्पत्तिले यज्ञकाे पुर्णता दिलाउँन बेदीमा बसेकाे आयाेजकले जनाएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन