75
Shares
२३ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत भित्र इजाजतपत्र नवीकरण गरिसक्न अनुरोध गरेको छ ।
मन्त्रालयको निर्माण व्यवसाय प्रवर्दधन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्त भित्र गरिसक्न अनुरोध गरेको हो ।
सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि प्रत्येक आर्थिक वर्षमा समाप्त हुन्छ । इजाजत पत्रको अवधि समाप्त भएको मितिले ३ महिनाभित्र नवीकरण गराउनुपर्दछ ।
अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिना भित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन