खेताला राख्ने मेयरलाई नियन्त्रणमा लिन किन खुट्टा कमाइरहेका छन् स्थानीय प्रहरीप्रशासनले ?

98 Shares

रौतहट, २३ चैत । खेताला राखेर माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा परिक्षा दिन लगाउने मेयर माथि कारवाही गर्न स्थानीय प्रहरी प्रशासनले किन खुट्टा कमाइरहेको छ अहिले जिल्ला भारी चर्चाको विषय बनेका छन् ।
देवाही गोनाही नगरपालिको नगरप्रमुखमा एमालेको टिकटबाट निर्वाचित भएका प्रेमलाल साह कानुले आफनै ज्वाईलाई खेतालाको रुपमा प्रयोग गर्दै माध्यमिक शिक्षा परिक्षा मौलापुर नगरपालिकाको श्री लक्ष्मिनिया परिक्षा केन्द्रमा सिम्बोल नम्वर ३५०३७२८ दिर्दै गरेको अवस्थामा चैत १९ गते जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणीभूषण साहको नेतृत्वमा खटिएको परिक्षा अनुगमन टोलीले नियन्त्रणमा लिएका थिए ।
शिक्षा ऐन २०२८ को दफा १७ क मा नक्कली परिक्षार्थी र दिन लगाउने दुबै त्यतीकै दोषि हुन्, तिनीहरुलाई ६ महिना कैद र १ लाख नगद जरिवाना तथा दुबै सजाय हुने स्पष्ट प्रावधान रहेपनि ज्वाई कमल साहलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको तर मेयर कानु खुलेआम घुमिरहदा कानुनी राज्यको कल्पना कसरी गर्न सकिन्छ अहिले यसै विषयले निकै चर्चा पाएका हुन् ।
गरुडा नगरपालिकाको पाठियाही घर भई रेडियो नेपालको बर्दिवास स्थित शाखा कार्यालयमा प्राविधिक तर्फ पाँचौ तहमा कार्यरत ज्वाई कमल साहलाई मेयर कानुले बोलाएर खेतालाको रुपमा राखी परिक्षा दिन लगाएको प्रहरी प्रशासन संग यथेष्ट प्रमाण हुदा समेत मेयर माथि कारवाही चलाउन कसले रोकेका छन् ? प्रश्न उठ्नु स्वभाविकै हो ।
श्रोतका अनुसार देवाही गोनाही नगरपालिकाको मेयर रहेका परिक्षार्थी कानुलाई जोगाउन यतिखेर राजनीतिक वृतबाट स्थानीय प्रहरीप्रशासन माथि ठूलो दवावहरु निरन्तर रुपमा आइरहेको छ । सत्तापक्ष, प्रतिपक्ष, पहुँचवाला व्यक्तिहरुले मेयरलाई कुनै किसिमको कारवाही नगर्न ठूलो दवाव सम्बन्धित निकायलाई रहेको प्रशासनीक श्रोतबाट बुझिएको छ ।
प्रेमलाल साह कानुको नाममा रहेका प्रवेश पत्रमा बुवा बनवारी साह कानु, आमा दाया देवी स्पष्ट रुपमा उल्लेख रहेको जुन देवाही नगरपालिकाको मेयर कानुको हो दुबै एउटै व्यक्ति रहेको प्रमाणित भएपनि उनलाई कारवाहीको दायरामा किन ल्याइएन होला ? रौतहटवासीले स्थानीय प्रहरीप्रशासन संग प्रश्न सोधिरहेको छ । स्थानीय तहका प्रमुख कानुन भन्दा माथि हो, उसलाई कानुन लाग्दैनन कि जस्ता प्रश्न समाजिक संजालभरी देखिन पाइन्छ ।
जवकी प्रहरी हिरासतमा रहेका खेताला कमल साह सबै कुरा स्वीकारिसकेको अवस्थामा आखिर कारवाही गर्न स्थानीय प्रहरी प्रशासनले खुट्टा कमाउनु हुँदैन, हरेक नागरिकहरु कानुनको परिधि भित्र रहनुपर्दछ अन्यथा कसुर अनुसारको दण्ड सजायको भागि हुनु पर्ने देवाही गोनाही नगरपालिकाका बासिन्दा विकास पटेलले भने ।
यस बिषयमा रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले नक्कली परिक्षार्थी कमल साहलाई हिरासतमा राखेर अनुसन्धान कार्यजारी रहेको तथा प्रमाणहरु संकलन भईरहेको बताए । प्रेमलाल साह कानुको हकमा सबै प्रमाण जुटाएर अदालतबाट पक्राउ गर्न आदेश लिएपछि मात्रै नियन्त्रणमा लिने जानकारी दिए । हामी खुट्टा कमाएका छैनौं निर्वाचित जनप्रतिनिधि भएको हुँदा प्रमाणहरु राखेर अदालती प्रक्रिया मार्फत चाँडै पक्राउ गर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।