युवा पत्रकार मनोज चौधरीको सम्झनामा पत्रकारिता पुरस्कारको घोषणा

   ११ जेष्ठ २०७८, मंगलवार १२:०१  

तराई टप संवाददाता
रौतहट, ११ जेठ । युवा पत्रकार मनोज चौधरीको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।
कोरोनाबाट संक्रमित भई युवा अवस्थामा यो संसार छाडेर जानु भएको युवा पत्रकारको सम्झनामा नेपाल पत्रकार महासंघ रौतहट शाखाले मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कारको स्थापना गर्ने घोषणा गरेको हो ।
२५ हजार राशीको सो पुरस्कार स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउने रौतहटका एक जना पत्रकारलाई हरेक बर्ष बैशाख २९ गते प्रदान गर्ने घोषणा गरिएको नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले बताए । कोरोना संक्रमित चौधरीको उपचारको क्रममा निधन भएकाले स्वास्थ्य सेवाको प्रभावकारिता र जिल्लाको स्वास्थ्य अवस्थामा गुणात्मक सुधार गराउनमा भुमिका निर्वाह गराउने एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने सचिव ठाकुरले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै