67
Shares
बिदेश, २३ चैत । मध्यपूर्वका दुई प्रतिद्वन्द्वी राष्ट्र इरान र साउदी अरबका विदेशमन्त्रीले सन् २०१६ मा पहिलो पटक वार्ता गरेको छ ।
साउदीको अल–अखबरिया टिभीले बैठकको छोटो भिडियो प्रसारण गर्यो, जसमा राजकुमार फैसल बिन फरहान अल साउद र हुसेन अमिर–अब्दुल्लाहियान चीनमा एक अर्कालाई अभिवादन गरिरहेको देखिएको हो ।
दुवै देशले कूटनीतिक सम्बन्ध पुनरस्थापित गर्ने घोषणा गरेका थिए । यो घोषणा पनि चीनमा नै भएको थियो । तेहरान स्थित आफ्नो दूतावासमा भएको आक्रमणपछि साउदी अरेबियाले २०१६ मा इरानसँगको सम्बन्ध तोडेको थियो ।
साउदी अरेबिया र शिया बहुल इरानबीच त्यसयता तनाव उत्कर्षमा थियो । मध्यपूर्वमा वर्चस्वका लागि प्रतिस्पर्धा गरिरहेका दुवै देशले एक अर्कालाई आफ्नो खतरा मान्छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन