चिनिया अनुदानको स्वास्थ्य सामग्रीमा मन्त्रीको फोटो सहितको स्टिकर

   ११ जेष्ठ २०७८, मंगलवार १२:१९  

तराई टप संवाददाता
रौतहट, ११ जेठ । जनताको जिवन रक्षाको सवालमा पनि राजनिति गर्नु नेपाली राजनेताहरुको लागि कुनै नौलो कुरा होइन तर अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्रीमा फोटो सहितको स्टिकर टाँसेर वितरण गरिएको समानहरु प्रति प्रश्न उठ्नु स्वभाविकै छ ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सोमबार हेलिकप्टर चढेर गृह जिल्ला डोटी पुगे । हेलिकप्टरमा बोकेर लगेको अक्सिजन सिलिण्डर र सामानहरुको कार्टुन जिल्ला अस्पताललाई हस्तान्तरण गरेका थिए । अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिए देखिएपछि समाजिक संजालमा निकै भाइरल भईरहेको हो ।


मन्त्री आलेले डोटी जिल्ला अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेर ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे । जिल्ला अस्पताल डोटीका सुचना अधिकारी अमर भाटका अनुसार मन्त्री आलेले ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा जनरल बेड, ३० हजार सर्जिकल मास्क र एन्टिजेन किट उपलब्ध गराए ।
विपतको बेलामा पनि स्वास्थ्य सामग्रीलाई प्रचार सामग्री जसरी प्रयोग गरेको भन्दै मन्त्री आलेको तिव्र रुपमा अहिले आलोचना भइरहेको छ । नेपाल सरकारलाई प्राप्त चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप लगाएका छन् ।
मन्त्री आलेले भने व्यक्तिगत खर्चमा किनिएका सामग्री डोटी र धनगढीका अस्पतालमा दिएको बताए । ‘१५ वटा स्वास्थ्य विभाग टेकुले दिएको छ । ११० वटा मैले मेरो खल्तीको पैसा हालेर किनेको हुँ,’ मन्त्री आलेले हिसाब सुनाए, ‘तीमध्ये ७५ वटा डोटी जिल्लाको लागि र ५० वटा धनगढी सेती प्रादेशिक अस्पतालमा पठाएको बताए ।
यसरी सरकारी संयन्त्रको दुरुपयोग मन्त्री जस्ता व्यक्तिले गरिरहेको हुँदा कोभिडकोे नाममा अर्बौ अर्ब सरकारी ढुकुटीको दुरुपयोग यतिवेला बढेको आरोप चारै तिरबाट लागिरहेको छ । अनुदानमा आएका सम्पतीमा व्यक्तिगत खरिद गरेको भन्दै स्टिकर टाँस गर्नु मानविय सम्बेदनहिन कार्य गरेकोमा चौतफी मन्त्री आलेको आलोचना हुनु स्वभाविकै हा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै