समुदी चक्रवात यासको प्रभाव नेपालमा, शतर्क रहन मौसम विभागको आग्रह

   ११ जेष्ठ २०७८, मंगलवार १३:४१  

रौतहट, ११ जेठ । मध्य पूर्वी बङ्गालको खाडीमा न्यून–चापीय प्रणाली बाट उत्पन्न भएको ‘चक्रवात यास’ को कारण मंगलवार विहानै देखि मौसम परिवर्तन संगै पानी परेको छ ।
समुद्री चक्रवात यास उत्तर पश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातको रुपमा परिणत भएको र बुधबार सम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । ‘चक्रवात यास’ उत्तर उत्तरपश्चिम दिशातर्फ जाने अनुमान रहेको छ ।


चक्रवातको असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना छ ।
मौसम बदली भई आज अपराह्नपछि बागमती र प्रदेश नं १ का उच्च हिमाली÷पहाडी भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकाले केही दिन सम्मका लागि पर्वतारोहीलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन महा शाखाले अनुरोध गरेको छ ।
बुधबार देखि देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने महाशाखाको बुलेटिनमा जनाइएको छ । बिहीबार कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ । यो सिजनमा मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकाले सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै