97
Shares
काठमाडौं, २४ चैत । भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युको मामिलामा प्रहरीले फरार भएको समर सिंहलाई गाजियाबादबाट पक्राउ गरेको छ ।
पक्राउ परेका समर सिंहलाई शुक्रवार गाजियाबादको अदालतमा पेस गरिने भएको हो । त्यहाँबाट ट्रान्जिट रिमान्ड लिएर उनलाई वाराणसी लगिने छन् ।
२६ मार्चमा आकांक्षा दुबेको शव वाराणसीको एक होटेलमा भेटिएको थियो । आकांक्षा दुबे कथित रूपमा एक फिल्मको सुटिङका लागि वाराणसी गएकी थिइन् ।
यसमा उनकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी ‘छोरीलाई मारेको’ आरोप लगाएकी छिन् ।
आकांक्षाको मृत्युपछि उनकी आमाको उजुरीको आधारमा वाराणसीका सारनाथ थानामा एक मुद्दा दर्ता गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन