70
Shares
काठमाडौं, २४ चैत । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
मोरङको बेलबारी नगरपालिका वडा नं.९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र बैंकका प्रमुख राजीव गजुरेलले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष शालिग्राम बस्नेतले बैंकको पहुँच बाहिर रहेको डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राही तथा उद्योगी व्यवसायीहरूलाई बैंकिङ्ग सुविधा सहज रुपमा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
सो क्रममा मेयर राईले आर्थिक कारोबार अब बैंक मार्फत हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन