सर्लाही, २४ चैत । नक्कली नोटको कारोवार गर्ने संजाल विरुद्ध सर्लाही प्रहरीको एक्शन तिव्र दुई लाख ६८ हजार नक्कली नोट र २४ बण्डल कागज सहित एक जनालाई पक्राउ गरेका छन् ।
विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका वडा नम्वर १७ कटानीबाट एक हजारको नोट २६८ हजार, नोट बनाउने कागज २४ बण्डल सहित बलरा नगरपालिका घर भएका रामप्रसाद रायलाई प्रहरीले विहिवार राति पक्राउ गरेका हुन् ।
बिआर ३० एम ३८२५ र विआर ३० ए ५९६८ नम्वरको भारतीय मोटरसाइकल सहित रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडी एक जना भाग्न सफल भएपनि अर्को व्यक्ति रायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहेको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
सर्लाहीको सीमावर्ती क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार भईरहदा उक्त गिरोह सर्लाहीमा मात्रै सीमित नभई रौतहट, वारा, पर्सा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा पनि यिनीहरुको संजाल रहेको हुन सक्ने आशंका गर्दै सर्लाही प्रहरीका एसपी सुवेदीले पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरेर आवश्यक सोधपुछ एवं सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।
हाम्रो अनुसन्धान जारी छ, नक्कली नोटको कारोवार गर्ने संजालमा कति जना सक्रिय रहेको छ त्यसको सुक्ष्म अध्ययन भईरहेको हुँदा अहिले नै त्यसमा संलग्न व्यक्तिहरुको नाम ठेगाना खुलाउन नमिल्ने समेत उनले भने ।
सर्लाहीको सीमावर्ती क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार भईरहदा उक्त गिरोह सर्लाहीमा मात्रै सीमित नभई रौतहट, वारा, पर्सा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा पनि यिनीहरुको संजाल रहेको हुन सक्ने आशंका गर्दै सर्लाही प्रहरीका एसपी सुवेदीले पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरेर आवश्यक सोधपुछ एवं सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।
सर्लाहीमा नक्कली नोटको संजाल निकै फैलिँदै गएको पछिल्लो रेकर्डबाट बुझिन सक्छ । गएको ३ महिना यता नक्कली नोट सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही चलाई सकेका छन् । उक्त अवधिमा प्रहरीले १ हजार दरका ६८ हजार नक्कली रुपैयाँ सहित ९ जनालाई नियन्त्रणमा लिई काराबाही गरेको एसपी सुवेदीले जानकारी दिए । सो मध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भए भने तीन जना जनही १–१ लाख रुपैयाँ धरौटीमा रिहा भएको थियो ।
एसपी सुवेदीका अनुसार विगत ३ महिना उनले तीन महिनामा ३ लाख ३६ हजार नक्कली रुपैयाँ सहित २ सय ३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन बरामद भएको छ । प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न व्यक्तिहरुको पहिचान गरेर कारवाही प्रक्रियामा ल्याई सर्लाही जिल्लाबाट अवाञ्छित गतिविधिहरुलाई पूर्ण रुपमा निरुत्साहित पार्न प्रहरी अहोरात्री खटेर कार्य गरिरहेको हुँदा आम जनताहरु पनि त्यस्ता कार्यहरु देखेमा प्रहरीलाई आवश्यक सहयोग गर्न हार्दिक अपिल एसपी सुवेदीले गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन