96
Shares
काठमाडौं, २४ चैत । नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्याएको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङजाको वालिङ नगरपालिका वडा नं.१० का २१ वर्षीय सागर ढकाल रहेको हो ।
पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी छन्् । बाटुलेचौरमा डेरा बस्ने उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनाधिकृत पहुँच पु¥याएको उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जनाए ।
प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाबाट के के विवरण लगेका थिए भन्ने खुलेको छैन । उनले के प्रयोजनका लागि सेनाको सर्भर हयाक गरे भन्ने पनि खुलेको छैन । ढकाल विरुद्ध अनुसन्धानको लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन