83
Shares
धनुषा, २४ चैत । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका २ बल्हा स्थित नेपाल भारत दशगज्जा क्षेत्रबाट ५ केजी गाँजा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय खजुरीबाट सादा पोशाकमा खटिएका प्रहरीले बल्हा स्थित नेपाल भारत सीमाको दशगज्जा नजिक अन्दाजी २५ बर्षिय युवकले कालो रंगको व्याग लिएर पैदल भारत तर्फ गईरहेको अवस्थामा चेकजाँच गर्दा ५ किलोग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको नेपाल प्रहरीको मधेश प्रदेश कार्यालय जनकपुरधामले जनाएको हो ।
पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको मधेश प्रदेशका प्रहरी प्रवक्ता एवं एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन