हैदराबाद, २५ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न भएको खेलमा लखनउ सुपरजाइन्टले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ रोजेका सनराइजर्सले फितलो प्रदर्शन गर्दै लखनउलाई १२२ रनको लक्ष्य दिए । लखनउले १६ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
लखनउका लागि कप्तान केएल राहुलले ३५ रन बनाए भने क्रुनाल पाण्डेयले ३४ रन बनाएका थिए । त्यस्तै कील मायेर्सले १३ रन बनाएका थिए भने मार्कस स्टोइनिशले अविजित १० र निकोलस पुरनले अविजित ११ रन बनाएका थिए । सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । सनराइजर्सका लागि राहुल त्रिपाठीले सर्बाधिक ३४ रन बनाए भने अनमोलप्रित सिंहले ३१ रन बनाए भने अब्दुल समादले २१, वाशिंटन सुन्दरले १६ रन बनाए । सनराइजर्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै लखनउका बलर क्रुनाल पाण्डेयले सर्बाधिक ३ विकेट लिए भने अमित मिश्राले २ विकेट लिएका थिए । त्यस्तै यश ठाकुर र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।
लखनउले तेस्रो खेलमा दोस्रो जित हासिल गर्दै ३ खेलमा ४ अंक भएको छ । त्यस्तै सनराइजर्स हैदरावादले भने लगातार दोस्रो हार बेहोरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन