तराई टप संवाददाता
महोत्तरी, ११ जेठ । महोत्तरीको भङ्गहा नगरपालिकाको एउटै वडामा ५० भन्दा बढी कोरोना संक्रमित विरामी फेला परेको छ ।
भङ्गहा नगरपालिका वडा नम्वर ४ स्थित रामनगर बिर्ता गाउँमा ५० भन्दा बढि कोरोना संक्रमित फेला परेपछि मंगलवार विहान देखि उक्त गाउँलाई पूर्ण रुपमा सिल गरिएको महोत्तरीको प्रमुख जिल्ला अधिकारी तिर्थप्रसाद भटराइले जानकारी दिएको हो ।
कोरोना महामारीको दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भईसेको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ । कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८९७ सङ्क्रमित भएका छन् ।
३५ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उहाँका अनुसार २४० ले कोरोना जितेका छन् ।