यितेन्द्र शर्मा
सम्प्रभुता सम्पन्न, भु परिविष्ट राष्ट्र, कसैको गुलाम नबनेको देश नेपालको विश्वमा पृथक पहिचान र अस्तित्व रहेको छ । विश्वमा माउण्ट एभरेष्टको देशको रुपमा ख्याती पाएका नेपाल सानै भएपनि बहु विविधता एवं भौगोलिक दृष्टिकोर्ण लगायत धार्मिक रुपमा नेपालको सबैभन्दा बलियो पक्ष रहेका छन् ।
नेपालको धार्मिक मान्यता र सास्कृतिक परम्परा पनि बिश्वकै रास्ट्रहरु मध्येको पृथक पहिचान हो । यो नितान्त स्वाभाविक हो कि कुनै रास्ट्र आर्थिक मापदण्डमा सबल हुन सक्छ । धन धनत्व र भौगोलिक क्षेत्रकका आधारमा भिन्नता हुनु अति सामन्य विषयक हो । कुनै वेला २२ से २४ से राज्यको रुपमा छरिएका नेपाललाई एकताको सुत्रमा गाभेका राजा पृथ्वी नारायण शाहले नेपाललाई दुई ढुङ्गा विचको तरुल भनेर ब्याख्या गरेर नेपालको क्षमताको चर्चा गरेका थिए । यसलाई दुई बिशाल रास्ट्रहरु भारत र चीन बिचको एउटा स्वतन्त्र राज्यका रूपमा अटाउन खोज्दै नेपालले दुबै रास्ट्रहरु बाट समुचित सुबिधा उपभोग गर्न सक्छ भन्नेतिर ईङित गरेका हुन । वास्तमा भारत संग नेपालको सम्बन्ध प्रगाढ छ । नेपाल – भारतको सास्कृतिक र धार्मिक परम्पराहरु मुलतः एकै हुन, भाषा र ब्यवहार पनि धेरै एकै किसिमका छ्न । तर चीन संग भने उल्टो हुन पुग्यो । यो रित्तोपन वर्तमान समयमा त यति फराकिलो भयो कि चीन एक तवरले नेपालको शत्रु भन्दा पनि धेरै घातक रास्ट्र बन्यो । चीनले मित्रता नाममा नेपाललाई षडयन्त्र गरेर अनेक प्रपंचहरु गरीरहेका छन । आफ्न कुटिल योजना अन्तर्गत नेपालको अर्थतन्त्रलाई ध्वस्त बनाउने, कुत्सीत नियत राख्ने, नेपाली सस्कृती र परम्परा मास्ने काम चीनबाट निरन्तर रूपमा संचालन भईरहेका छ्न् त्यसको शिकार नेपाली जनताहरु वेलाबखतहरुमा भईरहेको पाइएका छन् ।
नेपालका राजनीतिज्ञ पनि चीनबाट अनावश्यक रुपमा प्रभावित भई रास्ट्रलाई ऋणको जालोमा हाल्न उढृत गरेको देखिन्छ । चीनको विस्तारवादी नीति अन्तर्गतका परियोजनाहरुको शिकार नेपाल भइरहेका छन् । त्यस्ता परियोजनाहरुमा सामेल हुने, कम्युनिस्ट एकताको नाममा चीनको निर्देशनलाई सर्बोपरी मान्ने, कुनै दुरगामी सोच बिनानै जता भने त्यतै लहै लहैमा लाग्ने र सिमित स्वार्थको निम्ति रास्ट्र हित विरुद्ध निर्णय लिने प्रवृत्तिले नेपाललाई दिन दिनै क्षति भईरहेको छ । भारत संग त कमसे कम भाषाको समान ब्यवहार गर्न सकिन्छ, जन स्तरको सम्बन्ध एउटा अनुपम सुन्दर पक्ष हो ।
तर चीन संग नेपालले आफ्न विषयहरु सम्प्रेषण गर्ने आधार पनि छैनन् । यी त राजनैतिक अदुरदर्सिताका कारण ,नेपालले भोग्न परेका समस्याहरु हो ।
अर्को मुल समस्या के छ भने चीनले नेपालको सामाजिक संरचना पनि धेरै हदसम्म ध्वस्त बनाएको छ । संघिय राजधानी ठमेल जस्तो नेपालको पारम्परिक आकर्षण पर्यटकिय स्थलमा नाना थरिका गैर कानुनी क्रियाकलापहरु संचालन गरेर त्यसको विशेषतालाई हानी पुर्याएको छ ।
हाल सालै नयाँ बानेश्वरमा चिनियाँ नागरिकहरुद्वारा नेपालको स्थापित कानुन प्रणालीको धज्जी उडाउने काम गरेको छ । साधारण भाषामा भन्नुपर्दा चीनले केही बर्ष यता नेपालमा आफ्नो बर्चस्व देखाईरहेको छ । यी विषयको नाली बेलि केलाउन हो भने एउटा लामो कथन नै बन्न जान्छ । बस नेपालीले नेपाललाई माया गर्न सक्नु पर्यो , आफ्नो भूगोल र राष्ट्रियताको रक्षा गर्न सक्नु पर्यो । यसको निम्ति चिनबाट हुन गई रहेका विभिन्न गतिविधिहरुलाई रोक लगाउन सरकार लगायत आम जनता सजग हुन नितान्तआवश्यक रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन