103
Shares
मुम्बई । शाहरुख खान भारतको मात्रै नभई विश्वको एक सय प्रभावशाली व्यक्तिको सूचीको शिर्ष स्थानमा रहेका छन् ।
टाइम म्यागजिनको एक सय प्रभावशाली व्यक्तिको सर्वेक्षणमा चर्चित अभिनेता शाहरुख खान शीर्ष स्थानमा रहेका हुन् ।
यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् ।
टाइम म्यागजिनले यस वर्षका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूको वार्षिक सूची तयार गर्न आफ्ना पाठकहरू बीच यो सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणमा उनले कुल १२ लाख मतमध्ये चार प्रतिशत मत पाएका थिए । शाहरुख खानको हालै आएको फिल्म ‘पठान’ निकै हिट भएको थियो । यसले अहिलेसम्म १ हजार करोड भन्दा बढी कमाइसकेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन