zoom download pc 64 bit download live transcript zoom zoom app update version download for pc zoom app download for pc windows 10 - zoom app download for pc windows 10 download zoom.us app for windows zoom cloud meeting app download pc windows 10 - zoom cloud meeting app download pc windows 10 free download zoom meeting app for windows 10

कोरोनाको दोश्रो लहरको कहर कम हुँदै

   ११ जेष्ठ २०७८, मंगलवार १७:४६  

तराई टप संवाददाता
रौतहट, ११ जेठ । कोरोना भाईरसको दोश्रो लहरको कहर गत साता देखि रौतहटमा कम हुँदै गएको छ ।
चरम उत्कर्षमा रहेको कोरोनाको दोश्रो लहरलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी राखिएको निषेधाज्ञाको कारण कोरोनाको कहर एवं त्यसबाट संक्रमित हुने दर कम हुँदै गएको छ भने मृत्यु हुनेको संख्यामा कमी आएको हो ।
पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि गरिएको छ । पछिल्लो २४ घण्टामा २०३ जनाको पिसिआर परिक्षण गराउदा २५ जनामा कोरोना पुष्टि भएको हो । त्यसैगरी १ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १ जनामा नै कोरोना पुष्टि भएपछि मंगलबार २६ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।
पछिल्लो २४ घण्टामा गौर अस्पतालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै रौतहटमा मृत्यु हुनेको संख्या भने ८० जना पुगेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आज सम्म १००६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये २०३ जनाले कोरोनालाई जितिसकेको उनले भने ।
हाल रौतहटमा ७५७ जना संक्रिय संक्रमितहरु रहेका छन । संक्रमितहरुमध्ये ७२४ जना होमआइसोलेसनमा, ३० जना साधारण उपचार गराइरहेका र ४ जना अन्य जिल्लामा उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । गौर अस्पतालमा १८ जना, गौर नसिंगमा १ जना, चन्द्रपुरस्थित शहिद पार्कमा ७ जना, परोहा अस्पतालमा २ जना, चण्डिया हेल्थ पोष्टमा १ जना र प्राथमिक स्वास्थ्य केन्द्र गंगापपिरामा १ जना संक्रमितको उपचार भइरहेको जानकारी उनले दिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै