मुम्बई । बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २ का कारण चर्चामा छिन् । लामो समयपछि उनी बलिउडको फिल्ममा कमव्याक गर्दै छिन् । यसैबीच राँची सिभिल कोर्टले अभिनेत्री विरुद्ध वारेन्ट जारी गरेको छ ।
उनीमाथि चेक बाउन्सको आरोप लागेको छ । अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पार्टनर विरुद्ध वारेन्ट जारी गरेको हो । अदालतले पटक पटक तारिख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन् । अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ ।
अब मुद्दाको आगामी सुनुवाइ अप्रिल १५ मा हुनेछ । यो मामलामा अभिनेत्री माथि अढाई करोड रुपैयाँ धोखाधडीको आरोप छ । राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमीषा र उनका बिजनेस पार्टनर विरुद्ध धोखाधडीको मुद्दा दर्ता गराएका थिए ।
अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन् । त्यसपछि अजयले अढाई करोड रुपैयाँ अमीषाको खातामा पठाइदिएका थिए ।
फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो । तर सुटिङ भएन । त्यही बेला अजयले अमीषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याज सहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए ।
अमीषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन् । तर चेक बाउन्स भएपछि उनले अमीषा विरुद्ध उजुरी दिएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन