महिलाको शरीरमा आइरनको कमी प्रायः देखिन्छ । महिनावारीको समयमा अत्यधिक रक्तस्राव, पोषक तत्त्वको कमी आदिका कारण महिलाको शरीरमा आइरनको कमी हुन्छ । शरीरलाई रगत बनाउन फलाम चाहिन्छ, रातो रक्त कोशिकाहरूमा एउटा प्रोटिन हुन्छ जसले रक्त नलीमार्फत अक्सिजन लैजान मद्दत गर्छ । शरीरमा आइरन भएन भने शरीरले पर्याप्त अक्सिजन पाउँदैन । महिलाहरूमा आइरनको कमीले कहिलेकाहीँ थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने र हात–खुट्टा चिसो हुने जस्ता लक्षणहरू देखिन सक्छ । धेरै महिलाहरू यी लक्षणलाई बेवास्ता गर्छन् जुन पछि गएर गम्भीर रोगको कारण बन्न सक्छ । आज हामी महिलामा आइरनको कमीको लक्षणबारे केही जानकारी दिदैछौं ।
अत्यधिक थकाइ
थकान महसुस गर्नु आइरनको कमीको मुख्य लक्षणमध्ये एक हो । धेरै पटक महिलाले अत्यधिक थकान वा असामान्य थकान महसुस गर्छन् । शरीरमा आइरनको कमी हुँदा मांसपेशीले पर्याप्त अक्सिजन पाउँदैन । जसका कारण शरीरमा ऊर्जाको कमी हुनुका साथै थकान पनि रहन्छ ।
छाला पहेँलो हुनु
कहिलेकाहीँ शरीरमा आइरनको कमीले पनि छाला पहेँलो हुन्छ किनभने फलामको कमीले शरीरमा हेमोग्लोबिन ठिकसँग बन्दैन त्यसैले छाला पहेँलो देखिन्छ । छाला र नङ पहेँलो हुनु आइरनको कमीको लक्षण हो ।
सास फेर्न गाह्रो हुनु
यदि महिलाहरूलाई लामो समयसम्म र बिना कारण सास फेर्न गाह्रो भइरहेको छ भने, यी लक्षण फलामको कमीको हुनसक्छ । शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदा सबै मांसपेशी र तन्तुहरूमा अक्सिजनको प्रवाह कम हुन्छ, यसका कारण सास फेर्न गाह्रो हुने र कहिलेकाहीँ छाती दुख्ने समस्या पनि हुन्छ ।
टाउको दुख्ने
आइरनको कमीले पनि महिलामा टाउको दुख्न सक्छ । शरीरमा हेमोग्लोबिनको उत्पादन कम हुँदा शरीरमा एस्ट्रोजनको स्तर घट्छ । जसका कारण नियमित टाउको दुख्ने जस्ता समस्या हुन थाल्छ ।
हात र खुट्टा चिसो हुनु
आइरनको कमीले प्रायः महिलाहरूमा हात र खुट्टा चिसो हुन सक्छ । जसको शरीरमा आइरनको कमी हुन्छ उनीहरूमा अक्सिजन राम्रोसँग सञ्चार हुँदैन, त्यसैले पनि सधैँ चिसो महसुस हुन्छ वा हात–खुट्टा चिसो हुन्छन् ।
महिलाको शरीरमा आइरनको कमी हुँदा यस्ता लक्षण देखिन सक्छ । यदि यी लक्षण तपाईंमा पनि छ भने डाक्टरसँग सम्पर्क गर्नुहोला ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन