चौथो पटक रौतहटमा निषेधाज्ञा जारी

   १२ जेष्ठ २०७८, बुधबार १७:३०  

तराई टप संवाददाता
रौतहट, १२ जेठ । जिल्ला प्रशासन कार्यालय रौतहटमा कोभिड १९ संकट व्यवस्थापन नियन्त्रण सम्बन्धि बैठकले जेठ १३ गते मध्य राति देखि चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन नियन्त्रण समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकबाट कोरोना संक्रमितहरुको संख्यामा पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको र समय सिमा सकिदै जाँदा उक्त समय सिमालाई थप एक साताको लागि निषेधाज्ञा बढाउने निर्णय गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार एक सूचना जारी गरी विहिबार राति १२ बजेदेखि लागु हुने गरी जेठ १९ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हुँदा उक्त निर्णयलाई पलना गरेर महामारी नियन्त्रणमा स्थानीय प्रशासनलाई सहयोग पुर्याउन जिल्ला बासी संग आग्रह गरिएको छ कोरोना संक्रमित हुने क्रममा नै रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा जारी गरिनुपर्ने अति आवश्यक भएको हुँदा समय एक साता थपिएको स्पष्ट पारे ।
निषेधाज्ञाको पालना नभइ अब कडाइका साथ कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा नेपाल सरकारले अध्यायदेश जारी गरेर कडाइका साथ निषेधाज्ञाको पालना गराउने प्रमुख जिल्ला अधिकारी यादवले बताए । निषेधाज्ञाको अवज्ञ गरेमा १ बर्ष कैद, ५ लाख सम्म जरिवाना वा दुवै हुन सक्ने जनाइएको छ । रौतहटका आम नागरिकहरुले पुर्ण रुपमा निषेधाज्ञाको पालना गर्नु पर्ने अन्यथा अध्यादेशमा तोकिए बमोजिम कारवाही हुने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै