रौतहटमा थप २६ जनामा संक्रमण पुष्टि, चन्द्रपुरमा १४६ र इशनाथमा ७ सक्रिय कोरोना संक्रमित

   १२ जेष्ठ २०७८, बुधबार १७:५४  

तराई टप संवाददता
रौतहट, १२ जेठ । पछिल्लो २४ घण्टामा २६ जना थप कोरोना संक्रमित विरामी भएको पुष्टि भएको छ ।
गौर अस्पतालमा पिसिआर प्रविधिद्धारा २१२ जनाले स्वाव परिक्षण गराउदा २६ जना कोरोना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय रौतहटले पुष्टि गरेको हो । कोरोनाको दोश्रो लहर फैलिएको वैशाख १ गते देखि अहिले आज सम्म १०३२ जनार्ला कोरोना भाइरस लागेको जस मध्ये २३८ जना महिला तथा पुरुष भाग्यमानीहरु कोरोनाको जंग जितिसकेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
७४८ जना सक्रिय संक्रमितहरु रहेको छ । ७१७ जना होम आइसोलेसनमा, २७ जना साधारण उपचार गराईरहेको र ४ जना बाहिरी जिल्लामा उपचारार्थ रहेको जानकारी दिदै प्रजिअ यादवले १७ जना गौर अस्पताल, ८ जना शहिद पार्क अस्पताल चन्द्रपुर, १ जना चण्डिया हेल्थ पोष्ट र १ जना प्राथमिक स्वास्थ्य केन्द्र गंगापपिरामा उपचार गराइ रहेको समेत जानकारी उनले दिए ।
रौतहटमा रहेको १८ स्थानिय तहहरु मध्ये सबैभन्दा बढि चन्द्रपुर नगरपालिकामा १४६ जना र सवैभन्दा कम संक्रमित ७ जना इशनाथ नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा एक महिला सहित ६ जनालको कोरोनाबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या रौतहटा ८६ पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै