88
Shares
काभ्रे, २७ चैत । छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालतले एक शिक्षकलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका वडा नं.३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई १ वर्ष ३ महिना कैद र १५ हजार जरिवाना गर्नुका साथै ४ सय पीडित राहतकोषमा जम्मा गर्न भनेको हो ।
अनुसन्धानको क्रममा कक्षा ८ अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो ।
बालयौन दुर्वयवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएका छन । २०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठयक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन