75
Shares
काठमाडौं, २७ चैत । कलाकर्मी संघको अध्यक्षमा उदिराम खडका चयन भएको छ ।
काठमाडौँमा भएको पाँचौं अधिवेशनबाट खडकाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरूङ, महिला उपाध्यक्ष सन्ध्या सानु घताने चयन भएका छन्। कोशी प्रदेश अध्यक्षमा कविता गेलाल, मधेश प्रदेश अध्यक्षमा प्रदेशी शाह, बाग्मती प्रदेशमा महेशप्रसाद हाडा र गण्डकी प्रदेश अध्यक्षमा रामजी खाण चयन भएका छन् ।
लुम्बिनी प्रदेश अध्यक्षमा खुमबहादुर केसी, कर्णाली प्रदेश अध्यक्षमा कृष्ण रेउले र सुदूरपश्चिम प्रदेश अध्यक्षमा सुरत रावत चयन भएका हुन् ।
महासचिवमा लीलाधर भट्टराई उपमहासचिवमा दीपक भण्डारी, हिक्मत शाही (क्षितिज) र पवन चुकाह चयन भए । कोषाध्यक्षमा दिपेन्द्र आले र सहकोषाध्यक्ष जालुमाया गुरुङ चयन भएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन