प्रहरीको हिरासतमा महिलाको मृत्यु

   १५ आश्विन २०७७, बिहीबार १६:१४  

रौतहट, १५ असोज । प्रहरी हिरासतमा रहेकी एक महिलाको रौतहटमा मृत्यु भएको छ ।
अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी महिलाको बिहिबार बिहान हिरासतमै मृत्यु भएको हो । गुजरा नगरपालीका २ कटानी घर भएकी राधिका राउत गरुडा स्तिथ प्रहरीको महिला तथा बालबालिका सेलको हिरासतमा मृत्यु भएको छ । महिला सेलमा सुरक्षार्थ खटिएको सुरक्षाकर्मिले आज बिहान राउतलाई मृत अवस्थामा फेला पारेको थियो ।
कटानी बजारका एक युवक सँग अनैतिक सम्बन्ध राखेका बेला उनका श्रीमान सुमन राउतले गत बुधबार सा“झ फेला पारी वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जांच गराएको थियो । राधिकाले आफु छारे रोगको रोगी भएको र लामो समय देखी औषधि सेवन गरिरहेको प्रहरीलाई बताएकी थिइन ।
प्रहरी हिरासतमा रहेकी बेला राती उनलाई दुई पटक छारे रोगले च्यापेको थियो । राधिकाका श्रीमानले पनि लामो समय देखी छारे रोगको उपचार गराईरहेको प्रहरी समक्ष बताएका छन् । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।
यस भन्दा अघि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडाको हिरासतमै मृत्यु भएको थियो । अनुसन्धानको क्रममा प्रहरी हिरासतमा थुनुवा मर्नेको संख्या रौतहटमा दुई पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै