zoom download msi installer zoom cloud meeting for laptop free download zoom free download for pc join a zoom meeting online australia can't download zoom on laptop

अस्थायी कोभिड अस्पताल चन्द्रपुरलाई अक्सिजन सिलिण्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण

   १२ जेष्ठ २०७८, बुधबार १८:२९  

तराई टप संवाददाता
रौतहट, १२ जेठ । रौतहटको चन्द्रपुर स्थित सहिद पार्कमा बनाइएको अस्थायी कोरोना अस्पतालमा विभिन्न सहयोगीद्धारा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्रीहरु बुधवार हस्तान्तरण गरेका छन् ।
सहयोगी एवं परोपकारी संस्था साझा व्यवसाय सीप विकास प्राली चन्द्रपुरले आज एक कार्यक्रमका विच २८ वटा अक्सिजन सिलिण्डर सहिद पार्कमा संचालनमा रहेको अस्थायी कोरोना अस्पताललाई हस्तान्तरण गरिएका हुन् । यसअघि उक्त संस्थाले ५१ वटा खाली सिलिण्डरमा अक्सिजन रिफिल गरेर सहयोग गरेको थियो ।
यसैगरी चन्द्रपुरका देव माया पौडेलले दश हजार मूल्य बराबरको स्वास्थ्य सामग्री, ५ थान अक्सिमिटर, २ थान अक्सिजन रेगुलेटर दिई सहयोग उपलब्ध गराएको बताए । प्रालिका कार्यकारी निर्देशक सुरेसप्रसाद साहले अक्सिजनको अभाबमा कोरोना संक्रमित बिरामीको उपचारको लागि निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।
पछिल्लो समय कोरोना संक्रमित बिरामीलाई अक्सिजनको मात्रा बढि चाहिने भएको हुनाले सहयोगी संस्थाबाट अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन लगायत स्वास्थ्य सामग्रीको सहयोग जुटदै आएको छ । बैशाख २७ गतेबाट संचालनमा आएका अस्थायी कोरोना अस्पताल चन्द्रपुरमा भर्ना भएका २१ जना कोरोना संक्रमित बिरामीको लागि ४० थान सिलिण्डर उपलब्ध गरहेको चन्द्रपुर नगरपालिकाको मेयर रामचन्द्र चौधरीले बताए ।
चन्द्रपुर, गुजरा, बृन्दाबन र गढिमाई नगरपालिकाद्धारा निर्माण गरिएको ४६ बेड क्षमता भएको सो अस्थायी अस्पतालमा भर्ना भएका बिरामीको लागि अक्सिजन अति आवश्यक रहेको बताउदै मेयर चौधरीले कोरोना संक्रमणको महामारी फैलिरहेको अवस्थामा संक्रमित बिरामीहरुको उपचारको लागि राज्य माथि मात्रै भर पर्नुभन्दा दात्री एवं सहयोगी संघ संस्थाहरु समेत संक्रमणबाट जोगाउन आबश्यक सामग्रीहरुको सहयोगमा जुटेको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै