१० लाख भेरोसेल चिनियाँ खोप नेपाललाई अनुदान आउने

   १२ जेष्ठ २०७८, बुधबार १८:४७  

रौतहट, १२ जेठ । कोरोना महामारीको गम्भीर संकटबाट गुज्रिरहेको नेपाललाई चाइना सरकारले १० लाख डोज कोरोना भाईरस विरुद्धको खोप अनुनादन दिने भएको छ ।
बुधबार नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङ विच भएको टेलिफोन कुराकानी पछि चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा दिने प्रतिबद्धता जनाएको हो ।
यसअघि चिनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएका थिए । चिनीयाँ राष्ट्रपति सिंग संग भण्डारीले कोरोना भाईरस विरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरिन । करिव ४० मिनेट सम्म भएको उक्त टेलीफोन सम्बादमा राष्ट्रपति भण्डारीले कोभिड १९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु नेपाल सरकारको पहिलो दायित्व रहेको हुँदा चिनियाँ सरकारबाट आवश्यक पर्ने खोप खरिद गर्न नेपाल इच्छुक रहेको हुँदा उक्त प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरिन ।
जवाफमा चिनियाँ राष्ट्रपति सीले नेपाल चीनको अभिन्न मित्र रहेको हुँदा मागे अनुसारको सहयोग गर्ने बारे आफ्ना सरकारी अधिकारीहरु सँग बुझ्ने बताएका राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै