वासिंगटन, एजेन्सी । रुस र युक्रेन बीच सम्बन्धीत गोप्य दस्तावेजहरु इन्टरनेटमा चुहावट भएपछि अमेरिकी रक्षालाई सम्हालिरहेका पेन्टागन तनावमा परेका छन् ।
बीबीसीका अनुसार रुस र युक्रेनबीच १४ महिनायता जारी युद्ध सँग सम्बन्धित गोप्य दस्तावेजहरु तस्वीर, नक्सा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा परेका हुन्।
चुहावट भएका दस्तावेजहरू मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट भएको स्वीकार गर्दै सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारी समेत रहेको छ । चुहावट भएको दस्तावेजहरू कसले इन्टरनेटमा हाल्यो भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान गरिरहेको बताइएको छ ।
चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गोप्य रूपमा गरिएका आर्थिक सहयोगको जानकारी सहित रुस र युक्रेन दुवैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेख समेत उल्लेख भएको उक्त दस्तावेजहरू चुहावट भएका छन् । रोयटर्स ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन