रौतहट, २८ चैत । रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ४ विसुनपुर्वा मानपुरका अग्निपिडित परिवारलाई विभिन्न दात्री निकायले राहत सामानहरु वितरण गरेर आलो घाउँ माथि मलहम लगाउने काम गरिएका छन् ।
गएको आईतवार विसुनपुर्वा मानपुर गाउँमा जिउत मुखिया विनको घरबाट सल्किएको आगोको कारण २१ जनाको घरहरु पूर्णरुपमा जलेर नष्ट भएका थिए । आगलागिबाट झण्डै एक करोड मूल्यबराबरको क्षति भएको प्रहरीको रिपोर्टमा उल्लेख गरिएको छ ।
मानपुरको अग्निपिडित परिवारको घरदैलोमा नेता नेपाल

सोमवार राति नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा रौतहट क्षेत्र नम्वर १ का संघिय सांसद माधवकुमार नेपाल अग्निपिडितहरुको घर दैलोमा पुगेर उनीहरुको अवस्थाको जानकारी लिदै चैत बैशाख महिनामा विहानपख खाना पकाइसक्नु पर्ने, आगलागि हुन नदिन सचेत रहनुपर्ने सुझाव दिदै अग्निपिडितहरुका लागि घर टहराको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
नेता नेपाल अग्निपिडितको अवस्थाबारे जानकारी लिन र भौतिक शरीर उपस्थित भई उनीहरुको आलो घाउँ माथि मलहम लगाउन काठमाडौंबाट सो उक्त स्थानमा आएर उनीहरुको दुख पिडा सुनेको, पिडालाई काम गर्न आफूबाट हुने यथोचित व्यवस्थापन गर्ने बताएको नेता रामकुमार भटराईले जानकारी दिए ।
अग्निपिडित परिवारलाई प्रजिअ मिश्र सहितको विभिन्न निकायको राहत सामग्री


अग्निपिडित परिवारलाई तत्कालै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा जिल्ला विपद व्यवस्थापन समितिको टोलीले त्रिपाल, चामल, दाल, भाँडावर्तन, लत्ताकपडा, ओछ्यान, ब्लैकेट, तेल, नुन सहितको राहत सामग्री दिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएका छन् ।
यसैगरी नेपाल रेडक्रस सोसाइटी रौतहटका अध्यक्ष राजकिशोर यादवको टोलीले त्रिपाल, कम्बल, साडी, धोती, कपडा सेट, डोरी तथा खाद्यान्न सामग्री दिएको रेडक्रसका शाखा मन्त्री धर्मेन्द्र सिंहले बताए ।
अग्निपिडितलाई मलहम लगाउन गौर नगरपालिकाको प्रमुख शम्भु साहले अत्यावश्यक सामग्री सहितको राहत प्रदन गरे । एकिकृत समाजवादीका नेता समेत रहेका तथा माधवकुमार नेपालको प्रतिनिधिको रुपमा नगरप्रमुख साहले चामल, सहितको खाद्यान्न सामग्री दिएको बताइएको छ ।
अग्निपिडित परिवारलाई माधवनारायण नगरपालिकाको राहत प्रदान


सोमवार विहान माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादवले पनि अग्निपीडित परिवारलाई भेटेर राहत सामग्री प्रदान गरे । नगर प्रमुख यादवले ग्याँस सिलिन्डर, ग्याँस चुल्हा, त्रिपाल, कम्बल, भाँडा वर्तन, साडी सेट, सर्ट पाइन्टको कपडा, धोती, कुर्ता, गमछा, गन्जी, तन्ना, झुलका साथै चामल, दाल, नुन, तेल, आलु, प्याजलगायतका खाद्यान्न सामग्री अग्निपीडित परिवारलाई वितरण गरेको माधवनारायण नगरपालिकाको कार्यालय माधोपुरले जनाएका छन् ।
आइतवार दिउँसो आगलागी हुँदा मानपुरमा करिब २१ घर जलेका थिए । मानवीय क्षति नभए पनि करोडौँको क्षति पुगेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन