नारायणीमा अस्पतालमा विहिवार थपिए ४० कोरोना संक्रमित

तराई टप संवाददाता
पर्सा, १३ जेठ । पर्सा सदरमुकाम वीरगञ्ज स्थित नारायणी उप क्षेत्रिय अस्पतालमा विहिवार ४० जना कोरोना संक्रमित भएको पुष्टि गरिएको छ ।
नारायणीमा १९२ जनाको स्वाव परिक्षण गर्दा ४० जना कोरोना संक्रमित भएको सो अस्पतालले जनाएको हो । रौतहटका २, सर्लाहीका ३, काठमाण्डौका १, वाराका १० र पर्साका २४ जना गरी ४० जना कोरोना संक्रमित पाइएको नारायणी अस्पताल कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले बताए ।
४० जना संक्रमितहरुमा ११ जना महिलाहरु रहेको छ । १० बर्ष देखि ८० बर्ष उमेरको संक्रमितहरु रहेको बताइएको छ ।