115
Shares
सिन्धुली, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मुत्यु भएको छ ।
मंगलबार साढे १२ बजे पूर्वबाट काठमाडांै तर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो ।
कारमा ५ जना सवार भएको ३ जनाको घटनास्थलमै मु्त्यु भएको र २ जनाको उद्धार गरि उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएकोमा १ जनाको अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी गराए ।
दुर्घटनामा मृत्यु भएकाहरुको अहिले सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन