सुनको मूल्य तोलामा सात सय वृद्धि

   जेष्ठ १३, २०७८  
466 Shares

तराई टप संवाददाता
रौतहट, १३ जेठ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन तोलामा ७०० रुपैयाँले वृद्धि हुँदै सुनको अधिकतम विक्री मूल्य ९४ हजार २०० रुपैयाँ प्रति तोला पुगेको हो ।
यो मूल्य पछिल्ला केही महिना यताकै उच्च भएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत तीन दिन देखि स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै