74
Shares
काठमाडौं, २९ चैत । हलमा चलिरहेको फिल्म ‘बहाव’ मा समावेश चुम्बनको दृश्य यतिबेला चर्चामा छ ।
चुम्बनको दृश्यले नवविवाहित जोडीको दाम्पत्य जीवनमा कुनै नकारात्मक प्रभाव पार्ने होइन भनेर पनि सामाजिक सञ्जालमा कतिपयले टिप्पणी गरेको हो ।
पति मानव सुवेदी फिल्मकर्मी समेत भएकाले पात्रको औचित्य र रोलबारे कुरा बुझ्ने सुरक्षाले बताएकी छिन् ।
‘उहाँ आफैं फिल्ममेकर भएको हुनाले पात्रले मागेअनुसार जे पनि गर्नुपर्ने हुन्छ भन्ने बुझ्नुभएको छ । कथाले मागेपछि पात्रको औचित्य चाहिं पूरा गर्नुपर्छ भन्ने उहाँको बुझाइ छ । फिल्ममेकरलाई धेरै सम्झाइरहनुपर्दैन,’ सुरक्षाले भनेकी छन् ।
मानवले अहिलेसम्म फिल्म नहेरेको र फुर्सद मिलाएर हेर्ने तयारी गरेको समेत उनले बताइन् । मानव र सुरक्षाले केही महिना अघि ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन