कोरोनाको उद्गमस्थलको छानविन गर्न गुप्तचर निकायलाई राष्ट्रपति वाइडेनको निर्देशन

   १३ जेष्ठ २०७८, बिहीबार ११:५५  

अमेरिकी राष्ट्रपति जोड बाइडेनले कोरोनाको उद्गमस्थल बारे तीव्र रुपमा छानविन गरी ९० दिन भित्र रिपोर्ट पेश गर्न गुप्तचर निकायहरुलाई निर्देशन दिएका छन् ।
यसअघि चीनको उहान इन्स्टिच्युट अफ भिरोलोजीमा कार्यरत धेरै अनुसन्धान कर्ताहरु नोभेम्बर २०१९ मा बिरामी भएको तथ्य अमेरिकी गुप्तचरहरूले फेला पारेको थियो । त्यसयता, भाइरसको उद्गममबारे अझै गहिरोसँग अध्ययन गर्नका लागि बाइडेन प्रशासनमाथि जनदबाब परिरहेको छ ।
यो भाइरस जनावरबाट फैलिय स्थल वारे प्रयोगशालाबाट लिक भएको भन्ने विषयमा पनि स्पष्ट जाँच गर्न उनले गुप्तचर निकायहरूलाई निर्देशन दिएको बुझिएको छ । बाइडेनले यस छानवीनमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय सँग अपिल गरेका छन् । ‘अमेरिकाले विश्व भरका ती देशहरु सँग सहयोग जारी राख्नेछ, जसले भाइरसको छानविन सही ढंगले गर्न चाहेका छन् । यसबाट चीन माथि पारदर्शी हुन र अन्तर्राष्ट्रिय जाँचमा सहभागी हुनका लागि दबाब पर्नेछ ।’
अघि अमेरिकाको संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) सँग कोरोनाको उत्पति बारे छानविन अघि बढाउन माग गरेका थिए ।
डाक्टर फाउचीले भाइरसका बारेमा अहिले सम्म शत प्रतिशत थाहा नभएका कारण जाँच जरुरी रहेको बताएका थिए । कोभिड रेस्पोन्सका लागि ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार एन्डी स्लाविटले वास्तविकता बाहिर ल्याउनका लागि डब्ल्युएचओको सहयोग आवश्यक रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै